Menu

आजको मौसम

सुकुम्बासीलाई मासिक १५ हजार दिने सरकारी तयारी

Author
The Designers | May 14, 2026
0
Featured

वीरगंज , ३१ बैशाख –

सरकारले वास्तविक सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी राहतस्वरूप मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरूले सो योजनाबारे जानकारी गराएका हुन् ।

समिति सभापति हरि ढकाल का अनुसार काठमाडौंका होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान (स्क्रिनिङ) भइरहेको छ र प्रक्रिया सकिएपछि लालपुर्जा वितरणलाई छिटो गर्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारका बालबालिकाका लागि विद्यालय बस सेवा र सुत्केरी महिलाका लागि पोषण व्यवस्थापन गरिएको दाबी पनि गरेको छ ।

उक्त कार्यक्रमका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी सरकारका तर्फबाट समितिमा प्रस्तुत गरिएको छ । समितिले भने योजनाको यथार्थ अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?