Menu

आजको मौसम

भारतमा चार वर्षपछि पेट्रोल–डिजेल महँगियो

Author
The Designers | May 15, 2026
0
Featured

वीरगंज , १ जेठ –

भारतमा चार वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर तीन–तीन भारतीय रुपैयाँ वृद्धि गरिएको हो । सीएनजीको मूल्य पनि प्रतिकिलो दुई रुपैयाँले बढाइएको छ ।

नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोल प्रतिलिटर ९७ रुपैयाँ ७७ पैसा र डिजेल ९० रुपैयाँ ६७ पैसामा पुगेको छ । भारतमा सन् २०२२ यता इन्धनको मूल्य स्थिर थियो ।

मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलमार्गमा देखिएको अवरोधका कारण कच्चा तेलको मूल्य बढेपछि भारतमा इन्धन महँगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतले आफ्नो झन्डै आधा कच्चा तेल हर्मुज जलमार्ग हुँदै आयात गर्ने भएकाले त्यहाँको अस्थिरताले भारतीय बजारमा प्रत्यक्ष असर परेको बताइएको छ ।

इन्धन मूल्यवृद्धिसँगै भारत सरकारले ऊर्जा बचत अभियान पनि कडा बनाएको छ । दिल्ली सरकारले सरकारी कर्मचारीलाई हप्तामा दुई दिन घरबाटै काम गर्न निर्देशन दिएको छ भने सर्वसाधारणलाई सार्वजनिक सवारी प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा आयातमा खर्च हुने विदेशी मुद्रा बचत गर्न ऊर्जा खपत नियन्त्रण आवश्यक रहेको बताउनुभएको छ । **

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?