Menu

आजको मौसम

पर्सामा सबैभन्दा बढी एचआइभी सङ्क्रमित, मधेशको अवस्था चिन्ताजनक

Author
The Designers | May 15, 2026
0
Featured

वीरगंज , १ जेठ –

वर्षौँदेखि एचआइभी एड्स नियन्त्रणका अभियान सञ्चालन भइरहे पनि मधेस प्रदेशमा सङ्क्रमणको अवस्था अझै चिन्ताजनक देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मधेसभर ४ हजार ६ सय ८० जना सङ्क्रमित एआरटी उपचारमा रहेका छन् ।

निर्देशनालयका फोकल पर्सन राजवीर यादवका अनुसार सबैभन्दा बढी सङ्क्रमित पर्सा जिल्लामा रहेका छन् । पर्सामा मात्र १ हजार ५ सय ४ जना उपचाररत छन् भने धनुषा, सर्लाही, सिराहा, रौतहट, महोत्तरी, बारा र सप्तरीमा पनि सयौँ सङ्क्रमित उपचारमा रहेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा १४ हजारभन्दा बढी परीक्षण गरिएकोमा चालु वर्षमा यो संख्या बढेर ७६ हजार ७ सय ९२ पुगेको छ । यस वर्ष ४ सय ७९ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार खुला सीमा, वैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क र लागुऔषध प्रयोग सङ्क्रमण फैलिने मुख्य कारण हुन् ।

यस वर्ष १६ जना गर्भवती महिलामा सङ्क्रमण पुष्टि भएको छ भने १८ वर्षमुनिका १ सय ७५ जना बालबालिका सङ्क्रमित रहेका छन् । तीमध्ये केही अनाथ समेत रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जनचेतना र परीक्षणको पहुँच विस्तार नगरे अवस्था थप जटिल हुन सक्ने देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?