Menu

आजको मौसम

होटल र क्यान्टिनलाई जरिवाना

Author
News Desk | May 16, 2026
0
Featured

वीरगंज, १ जेठ । वीरगंजमा बजार अनुगमन टोलीले शुक्रवार क्यान्टिन र होटललाई जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा खटिएको संयुक्त अनुगमन टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित तराई हस्पिटल परिसरभित्र सञ्चालित क्यान्टिनलाई ५० हजार रुपियाँ जरिवाना गरेको जनाएको छ ।
अस्पतालभित्र सञ्चालित क्यान्टिन दर्ताबिना सञ्चालन गरिएको, सरसफाइको अवस्था कमजोर रहेको तथा कामदारहरूले स्वच्छता मापदण्ड पालना नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड “ट” तथा दफा ३९ (१) को खण्ड “घ” अनुसार ५० हजार रुपियाँ जरिबाना गरिएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी गराएका छन् ।
सो क्षेत्रमा रहेको ज्योती मगर होटललाई २० हजार रुपियाँ र उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपियाँ जरिवाना गरिएको छ। बुद्ध होटललाई भने थप विवरणसहित जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पर्क राख्न निर्देशन दिइएको जानकारी उनले गराए ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका मधुरेश शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका श्रवण कुमार साह, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका सदस्य प्रकाश कुमार शाह, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामकुमार थिड्ढो सहभागीता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?