Menu

आजको मौसम

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ

Author
News Desk | May 14, 2026
0

वीरगंज, ३० वैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व चुहावट मुद्दामा करोडौं जरिवाना र कैद सजाय तोकिएका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका वीरगंजका ४२ वर्षीय प्रबिन्द्र साह गोढलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्दा प्रतिवादी गोढलाई आफ्नै गाउँ–ठाउमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको थियो। निजलाई बुधवार दिउँसो २ः३० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका साविक बेल्वा गा.वि.स. वडा नं. ५ (हाल वीरगंज महानगरपालिका वडा नं. ३१) बस्ने प्रबिन्द्र साह गोढविरूद्ध राजस्व चुहावट मुद्दामा अदालतले ६ महिना कैद सजाय र तीन करोड बाह्र लाख ६० हजार ८० रुपियाँ जरिवाना तोकेको छ ।
प्रहरीले नियन्त्रणमा लिए लगत्तै गोढलाई फैसला कार्यान्वयनका लागि सम्मानित पर्सा जिल्ला अदालतमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पछिल्लो समय अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाइएको प्रवक्ता बस्नेतले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?