Menu

आजको मौसम

सम्पत्ति छानबिन आयोगद्वारा अस्वाभाविक आर्जनबारे सूचना आह्वान

Author
The Designers | May 14, 2026
0
Featured

वीरगंज , ३१ बैशाख –

सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक सम्पत्ति आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ ।

आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित विवरण उपलब्ध गराउन आग्रह गरेको छ । सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएको हुनसक्ने भन्दै त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको आयोगले जनाएको छ ।

उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगको भनाइ छ । कार्यालयमा उपस्थित हुन नसक्नेले हुलाक वा इमेलमार्फत पनि उजुरी दिन सक्ने व्यवस्था गरिएको छ ।

यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिवसम्मका बहालवाला तथा अवकाशप्राप्त पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?