Menu

आजको मौसम

तस्करीविरूद्ध कुखुरा बोकेरै सडकमा उत्रिए व्यवसायी

Author
News Feed | May 15, 2026
0
Featured

रौतहट, ३१ बैशाख ।
रौतहटमा कुखुरा व्यवसायीहरूले प्रदर्शन गरेका छन् । भारतबाट अवैध रूपमा भित्रिने कुखुरा र अण्डाका कारण स्थानीय किसान तथा व्यवसायी मारमा परेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
“किसानलाई सास्ती, तस्करलाई मस्ती” भन्ने नारासहित जिल्ला कुखुरा व्यवसायी किसान संघको नेतृत्वमा गौरमा भएको प्रदर्शनमा व्यवसायीहरूले हातमै कुखुरा बोकेर बजार परिक्रमा गरेका थिए।
प्रदर्शनकारीहरूले अवैध आयात र तस्करी नियन्त्रणको माग गर्दै सरकारविरूद्ध नाराबाजी समेत गरेका थिए। व्यवसायीहरूले भन्सार कार्यालय र सुरक्षा निकायको मिलेमतोमा भारतबाट सस्तो मूल्यमा कुखुरा, अण्डा, चल्ला तथा दाना अवैध रूपमा भित्रिने गरेको आरोप लगाएका छन।
ती सामग्रीलाई नेपाली उत्पादनका रूपमा बिलिङ गरी बजारमा बिक्री गरिँदा स्थानीय किसान प्रतिस्पर्धामा टिक्न नसकेको उनीहरूको भनाइ छ।
संघका अध्यक्ष उमाशंकर साहले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा समस्या राख्दा पनि सुनुवाइ नभएको भन्दै गुनासो गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?