Menu

आजको मौसम

‘क्षयरोगमुक्त वीरगंज अभियान’ अन्तर्गत सिर्सियामा स्वास्थ्य शिविर

Author
The Designers | May 16, 2026
0
Featured

वीरगंज, २ जेठ –

वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त वीरगंज अभियान” अन्तर्गत वडा नम्बर २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा क्षयरोग खोजी तथा परीक्षण शिविर सम्पन्न भएको छ ।

शिविरमा एआई प्रविधियुक्त एक्सरेमार्फत करिब २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ५० जना सम्भावित क्षयरोगी देखिएपछि थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि पठाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार समुदायस्तरमै पुगेर क्षयरोगको पहिचान, परीक्षण र उपचारलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको हो ।

प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार प्रक्रिया अघि बढाउँदा क्षयरोग नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?